Rule 30
नियुक्ति बदर हुन सक्ने अवस्था
: नियुक्ति गर्ने अधिकारीले देहायको अवस्थामा नियुक्ति बदर गर्नसक्नेछ :–
(क)   सम्बन्धित पदको लागि निर्धारण भए बमोजिमको योग्यता नभएको वा नरहेको प्रमाणित भएमा,
(ख)   परीक्षणकाल अवधिमा काम सन्तोषजनक नभएमा,
(ग)   आधारभूत तालीममा सहभागी नभएमा वा तालीम छाडी भागेमा,
(घ)   आधारभूत तालीममा लगातार दुई पटकसम्म असफल भएमा,
(ङ)   तोकिएको म्याद भित्र नियुक्ति पत्र बुझ्न नआएमा ।